नोवेल अस्पतालको प्राविधिक सहयोगमा उर्लाबारीमा मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं, २९ मंसिर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा एक दिवसीय निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । उर्लाबारी– ६ स्थित महारुद्र शिवालय मन्दिरको प्राङ्गणमा हिजो (२८ गते बिहीबार) उक्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सकसहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए । शिविरमा एक सय १५ जना पुरुष र एक सय ७० जना महिला गरी दुई सय ८५ जना विरामीको स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा स्वास्थ्य परीक्षण गराएका दुई सय ८५ जनाकै निःशुल्क इकोकार्डियोग्राम र ईसिजि गरिएको थियो ।
नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । ‘स्वस्थ मुटु, स्वस्थ जीवन’ भन्ने नाराका साथ नोवेलले सञ्चालन गर्ने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौं विरामीहरुले निःशुल्क परीक्षण र उपचार सेवा लिई सकेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ २८, बिहीबार २२:२५सरकारसँग अनुमती लिएर मात्रै ठूलो पर्दामा विश्वकप हेर्न पाइने
समाचार२०८३ जेष्ठ २८, बिहीबार १९:४७धादिङको ज्वालामुखी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २८, बिहीबार १४:३०बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सुधार गर्ने प्रतिबद्धता
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ २८, बिहीबार ०९:५३चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न








