‘हात्तीछाप’ को पहिलो गीतमा रोमान्टिक दयाहाङ र उपासना

काठमाडौँ। चलचित्र ‘हात्तीछाप’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मायालु’ बोलको रोमान्टिक गीतमा प्रताप दास र ममता गुरुङको स्वर रहेको छ। रोमान्टिक गीतमा हर्क साउदको शब्द र उज्वल सागरको संगीत रहेको छ। सार्वजनिक गीतमा दयाहाङ र उपासनाको प्रेम झल्किएको छ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा)को अभिनय छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।
चलचित्र माघको २६ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रले सामाजिक र राजनीतिक कथालाई रोचक तरिकाले भनेको निर्माणपक्षले बताएको छ ।
रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएकोचलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रका प्रोडक्शन हेड सुरज आचार्य हुन् । चलचित्रमा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रलाई नेपालमा रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन् भने विदेशमा यो चलचित्रलाई एमएसएम पोष्ट प्रोडक्शनले वितरण गर्नेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २३, शनिबार २०:५३एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
समाचार२०८३ श्रावण २३, शनिबार १९:३६कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २३, शनिबार १६:२७नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
समाचार२०८३ श्रावण २३, शनिबार १४:१९बैतडीका १७८ जनाले घरमै पाए राहदानी









