बनेपामा जेष्ठ नगरिकलाई कृतिम दाँत राख्न निःशुल्क दन्त स्वास्थ्य शिविर

काभ्रे- बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दात फुक्लेका ६० बर्षभन्दा माथिका नगरिकलाइ कृतिम दाँत राख्न निःशुल्क दन्त स्वास्थ्य शिविर सुरु गरेको छ ।
नगरको १४ वटै वडामा संचालन हुने शिविर वडा नं.१ बाट शुरु भएको हो । प्रत्येक वडामा एक दिन संचालन हुने शिबिरमा दाँतका समस्या भएका जेष्ठ नागरिकले निशुल्क दन्त शिविरमा उपचार गराउन सकिने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख शान्ति रत्न शाक्यले जेष्ठ नगरबासीहरुका अनुहारमा हाँसो ल्याउनका लागि उक्त शिविर शुरु गरिएको बताउनुभयो । नगरपालिकाले यो शिविर अघि रेयुकाइ आँखा अस्पतालको समन्वयमा मोतिविन्दुको निशुल्क अप्रेशन, महिलाको पाठेघर मुखको जाँच, लगायत विभिन्न स्वास्थ्य शिबिर संचालन गर्दै आएको नरग प्रमुख शाक्यले जानकारी दिनुभयो ।
कार्यक्रममा उपप्रमुख विमला सापकोटाले ‘महिलासँग उपमेयर कार्यक्रम’ अन्तर्गत महिलाहरुको क्षमता अभिबृद्धि र नेतृत्व विकासका तालिम, सिप विकास तालिम प्रदान गर्दै आएको बताउनुभयो ।
नगरपालिकाले जेष्ठ नागरिकहरुका लागि मेयरसँग नगर स्वास्थ्य कार्यक्रम अन्तर्गत आवश्यकता पहिचान भएका ६० बर्ष भन्दा माथिका सबै नागरिकको निशुल्क दाँत राख्न लागिएको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।
चापागाईका अनुसार, पहिचानका लागि नगरपालिकाले सबै वडाका आधारभुत स्वास्थ्य सेवा केन्द्र र बनेपा आधारभुत नगर अस्पतालमा दन्त स्वास्थ्य शिविर गरिने जानकारी दिनुभयो ।
बनेपा वडा नम्बर १ बाट सुरु भएको शिबिरमा वडा नं १ का अध्यक्ष कमल प्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख महेश्वर श्रेष्ठ, लगाएतको सहभागिता रहेको थियो । शिविर आगामी माघ ७ गतेसम्म संचालन हुनेछ ।
शिविर बनेपामा रहेको सुप्रिम डेन्टल र समाज डेन्टलको प्राविधिक सहयोगमा सुरु भएको हो । बुधबार देखि सुरु भएको शिविरमा शुक्रबारसम्म चार सय भन्दा बढी ६० बर्षभन्दा माथिका नगरिकले सेवा लिएका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति







