विकासका लागि दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक’

नवलपरासी– लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका विषयमा दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको धारणा राख्नुभएको छ । पश्चिम नवलपरासीको बर्दघाटस्थित राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवका क्रममा आज आयोजित समापन समारोहमा उहाँले अबको प्रतिस्पर्धा राजनीतिमा नभई विकासमा हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले अब सातवटै प्रदेशका मुख्यमन्त्रीबीच कसले बढी विकास गर्छ र को पहिला जनताको आँगनमा पुग्न सक्छ भन्ने प्रतिष्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । युवालाई स्वदेशमै महिनाको रु ३० देखि ४० हजार कमाउने कसरी बनाउन सकिन्छ ? भन्ने चिन्तनका साथ दुई लाख जनशक्तिलाई रोजगारी दिने योजनाअनुरुप काम अघि बढेको चौधरीको भनाइ थियो ।
“प्राविधिक शिक्षालाई जोड दिनुस्, योजना ल्याउनुस् । प्रदेश सरकारले गर्ने सहयोगका लागि म तयारी छु”, मुख्यमन्त्री चौधरीले भन्नुभयो, “तल्लो तहमा विकास नभई मुलुक विकास सम्भव नहुने भएकाले ग्रामीण क्षेत्रको विकास पहिलो प्राथमिकतामा हुनुपर्छ ।” संविधानलाई पूर्ण कार्यान्वयन गरी आवश्यक नीति–निर्माणमा जोड दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री चौधरीले देश निर्माणमा शैक्षिक जनशक्तिको महत्त्वपूर्ण भूमिका हुने हुँदा प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताउनुभयो । उहाँले सीपमूलक व्यवहारिक शिक्षा पद्धति अँगाल्नुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षामार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश सरकार अघि बढिरहेको दाबी गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति








