सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण

काठमाडौँ – विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालकको आर्थिक विस्तार १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो ।
विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरेको छ ।त्यस्तै, विश्व बैंकले विश्वको अर्थतन्त्र सन् २०२५ मा समेत सुस्त नै रहने प्रक्षेपण गरेको छ । सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने प्रक्षेपण गरेको विश्व बैंकको छ । आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशत मात्र रहनेछ । विश्व बैंकले ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १४, बिहीबार १०:४६दर्शक भेट्न नेपालगञ्ज, दाङ र बुटवल पुग्दै ‘मीतज्यू’ टिम
समाचार२०८३ जेष्ठ १४, बिहीबार ०७:१८यस्तो छ आजको मौसम पूर्वानुमान
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति







