आईडलका पलको स्वर र पाण्डेयको शब्दमा ‘सम्झना’

काठमाडौ । गीतकार दयाराम पाण्डेयको शब्द रचनामा ‘सम्झना’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । इण्डियन आईडल–३ का उपविजेता अमित पलको स्वर रहेको उक्त गीत सोमबार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । गायक पलले नेपाली गीत गाउने आफ्नो रहर पूरा भएकोमा खुसी व्यक्त गरेका छन् । कृष रिजालको संगीत रहेको गीतको इजाज अलिले संगीत संयोजन र मिक्सिङ गरेका छन् । सार्वजनिक भिडियोमा सुरेन्द्रमान कार्कीको छायांकन, सम्पादन र कलर ग्रेडिङ रहेको छ ।
विशाल गुरुङले निर्देशन गरेक भिडियोमा मुक्ति उप्रेती र योगिसा महर्जन फिचर्ड छन् । ए.बि. म्यूजिक क्रिएशनको प्रस्तुति यस गीतको रोचक पक्ष यो छ कि यसका रचनाकार दयाराम पाण्डेय काठमाडौ नेपालमा बस्छन्, त्यस्तै गायक अमित पल सिलिगुढी भारतमा बस्छन भने संगीतकार कृष रिजाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आएका छन् । र यस गीतको रेकर्डिङ स्ट्रिङ्गस् स्टूडियो दार्जिलिङमा गरिएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ३०, शनिबार २०:०२अन्तर्राष्ट्रिय युवा दिवसमा रास्वपाको अभियान : सिद्धलेकमा वृक्षारोपण, धुनिबेँसीमा १३५ जनाद्वारा रक्तदान
समाचार२०८३ श्रावण ३०, शनिबार १८:१०संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३८‘द एभरेस्ट ड्रीम’ ले अमेरिकामा जित्यो उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३०, शनिबार ११:३३‘भिजायो फरिया बर्खैले…’ ल्याईन सरिता भारतीले » Celebrity Nepal









