सहकारी पीडितका समस्या जस्ताको तस्तै

काठमाडौँ- सरकारले सहकारी पीडितहरुलाई अझै राहत दिन सकेको छैन ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रस्ताव अनुसार बचत तथा कर्जा सुरक्षण कोष बन्न नसक्दा पीडितले राहत पाउन नसकेका हुन् ।
सरकारले सहकारी पीडितहरुसँग करिव पाँच महिना अघि सहमति गरेको भएपनि पीडितले न्याय पाउन सकेका छैनन् ।
सरकारले सहमति कार्यान्वयन नगरेको पिडितहरुको आरोप छ । सरकारले सहकारी पिडितहरुसँग सहमति गरेपनि कार्यान्वयनको प्रक्रिया अगाडि बनढाएको भन्दै निराश बनेका छन् ।
बचतकर्ताले जीवनभर दुख गरी कमाएको पैसा सहकारीले हिनामिना गरी बचतकर्ताको विचल्ली भएको तथा कतिपय बचतकर्ता आत्महत्या तथा मानसिक रोगको शिकार बन्न पुग्दासमेत सरकारले पिडितका समस्या समाधान गर्न चासो नदेखाएको गुनासो पीडितहरुले गरेका छन् । साथै पीडितले आगामी चैतभित्र न्याय नपाए अर्को सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन ।
सरकारले सहकारी पीडितका समस्या समाधान गर्न बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने प्रतिवद्धता गरेपनि कोष भने अझै बन्न सकेको छैन ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले कोष गठनका लागि २५ करोड रुपैँया माग गर्दै अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।
पिडितहरुलाई छिटो भन्दा छिटो राहत दिन प्रक्रिया अगाडि बढाइसकेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी बताउनुहुन्छ ।
सरकारले गत वैशाखमा सहकारी क्षेत्रका समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
उक्त कार्यदलले सहकारी पीडितहरुको बचत फिर्ता गर्न बचत तथा कर्जा सुरक्षण कोष ठगन गर्न प्रस्ताव गरेको थियो ।
उक्त कोषमा ६० प्रतिशत सहकारी संचालकहरुले तथा ४० प्रतिशत सरकारले लगानी गर्ने भन्ने सहमति थियो । तर अर्थ मन्त्रालयले बजेट निकासा गर्न नसक्दा उक्त कोष गठन अलपत्र परेको छ ।
तर अर्थ मन्त्रालयले भने अर्को आर्थिक वर्षको बजेटमै उल्लेख गरेर ल्याउनु भन्ने राय दिएर यो विषयलाई किनारा लगाएको अर्थमन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो ।
यसैवीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रका समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालय सहितका निर्देशन दिनुभएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार १९:२७संविधान बचेको छ,अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न निर्वाचन अवसर – राष्ट्रपति
समाचार२०८२ भाद्र २८, शनिबार १७:२६असल दाम्पत्य जीवन बनाउने यस्ता छन् ६ तरिका
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’