भारतको गुजरातमा डुङ्गा दूर्घटना हुँदा १२ विद्यार्थीसहित १४ जनाको मृत्यु

पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
गुजरात राज्यको वडोदराको हर्नी तालमा भएको सो डुङ्गा दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्थानीय अधिकारीहरूका अनुसार डुङ्गामा करिब २७ जना सवार थिए ।
डुबेको डुङ्गाबाट सात जनालाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लगिएको प्रहरीले जनाएको छ । उद्धार कार्यमा खटिएका प्रहरीका अनुसार डुङ्गा यात्राका क्रममा पीडितहरूलाई लाइफ ज्याकेट प्रदान गरिएको थिएन ।
गुजरातको राज्य सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ र दुर्घटनामा घाइते भएकाहरूलाई पचास हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ









