नामको आवश्यकता अहिले झन बढेको छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वमा गम्भीर समस्या देखिएको समयमा भएको असंलग्न राष्ट्रहरु (नाम) को शिखर सम्मेलन आफैमा महत्त्वपूर्ण रहेको भन्दै यसको आवश्यक्ता पहिले भन्दा अघिले अझ बढेको बताउनु भयो ।
असंलग्न राष्ट्रहरुको १९ औ शिखर सम्मेलनको क्रममा युगाण्डाको राजधानी कम्पालामा रहनु भएका प्रधानमन्त्री प्रचण्डले संचारकर्मीहरुसँग कुरा गर्दै नामको आवश्यता अझ बढेको बताउनु भएको हो ।
“यो सम्मेलन त्यतिबेला भयो, जतिबेला विश्वमा गम्भीर समस्या देखिएका छन् । युक्रेन युद्ध होस् या हमास-इजरायल युद्ध होस् । कोभिडबाट भर्खर मुक्त पाइएको छ । कम विकसित देशहरू समस्यासँग जुधिरहेका छन् । मैले नेपालको तर्फबाट यी सबै समस्याको समाधानको निम्ती नामले जोड दिनुपर्छ भन्ने आवाज उठाएको छ” प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले विकसित देशहरूले विगतमा धेरै प्रतिबद्धता गरेका तर पालना नगरेको बताउनु भयो । उनिहरुका कामबाट थप समस्या सिर्जित भएकाले नामले पहलकदमी बढाउनुपर्ने र अलि शक्तिशाली आवाज घन्काउनु बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले नामको आवश्यकता पहिला भन्दा अहिले अझ बढेको उल्लेख गर्नुहुँदै नेपालको भूमिका थप बलियो भएको बताउनु भयो ।
‘नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक सदस्य पनि हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘स्थापनाकाल देखि नै नेपालले असंलग्न आन्दोलनमा भूमिका खेल्दै आएको छ” प्रधानमन्त्रीले भन्नु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २३, मंगलवार १०:५१एक हजारभन्दा बढी लाभान्वित « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ असार २३, मंगलवार ०८:४७अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश
कला, विचार/मनोरञ्जन२०८३ असार २२, सोमबार १९:१०पारसको बेहुली दिव्या, ‘बेहुली’को पोस्टर सार्वजनिक
समाचार२०८३ असार २२, सोमबार १७:४८त्रिपुरासुन्दरी गाउँपालिकामा जैविक विविधता संरक्षण तथा जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सम्पन्न









