एक पटक टिकट नपाउँदैमा निराश हुनु पर्दैन- देउवा

पर्वत- नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले एक पटक टिकट नपाउँदैमा निराश हुनु नहुँने बताउनु भएको छ ।
सोमबार पर्वतको कुश्मामा नेपाली कांग्रेस पर्वतको दोस्रो सम्मेलनलाई उद्घाटन गर्दै सभापति देउवाले कार्यकताहरुलाई यस्तो आग्रह गर्नु भएको हो ।
देउवाले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई ठुलो दल बनाउने गरी काँग्रेसलाई एकतावद्ध बनाउनु पर्ने बताउनु भयो।
बलियो काँग्रेस भएमा मात्र लोकतन्त्र बलियो देउवाको भनाई छ ।
’काँग्रेस आँफैमा एकतावद्ध भएमा मात्र अन्य शक्तिलाई परास्त गर्न सक्छ’ उहाँले भन्नुभयो, “अपसी मतभेद घटाएर पार्टीलाई बलियो बनाउन सकेमा सबैले जित्ने वातावरण बन्छ ।
गठबन्धन बाध्यताको उपज भएको बताउनु हुँदै सभापति देउवाले नेपालको संविधानमा सबै क्षेत्रको प्रतिनिधित्व गर्नेखालको हुँदा एकल बहुमत कुनै पार्टीको हुन नसक्ने जिकिर गर्नु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो









