अभिनेत्री केकी अधिकारीको बोक्सीको घर आउदो बैशाख १४ मा प्रदर्शन

फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म आउदो वर्षको बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो ।मण्डला थिएटरमा झन्डै ८ वर्ष अगाडि एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।
‘केकी अधिकारी फिल्म्स’को ब्यानरमा निर्माण रहेको फिल्ममा केकीका साथमा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया आदिको अभिनय रहेकोछ ।समाजमा महिलालाई बोक्सीको आरोप लगाएर गर्ने विभेद र शोषणमा फिल्म आधारित छ । सामाजिक-थ्रिलर कथामा बनेको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताएकी छन् ।
नेपाल प्रदर्शनपछि फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने केकीको योजना छ । फिल्मको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यो फिल्मलाई टिफल्क फिल्मसले वितरण गर्नेछ । ‘बोक्सीको घर’ नाटकमा अभिनेत्री सरिता गिरीको अभिनय थियो
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









