काठमाडौंमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने

काठमाडौं, २६ माघ । काठमाडौंको बुढानीलकण्ठ–११ कपनमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना गरिएको छ ।
स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिताको उद्देश्य बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार गर्नु रहेको स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । उक्त प्रतियोगिताको अनुमानित लागत १५ लाख रहेको बताइएको छ । उक्त लागतमध्ये १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप वितरण गरिने बताइएको छ । साथै, काठमाडौंभन्दा बाहिरबाट सहभागी हुने खेलाडीको लागि दुई दिनका लागि खाने, बस्ने व्यवस्थासमेत गरिएको छ ।
स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले प्रतियोगिताको उद्देश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको खण्डमा आफूहरुले खेलाडीको हक हितमा प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
यो खेल जिमसँग सम्बन्धित खेल हो । उक्त प्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ ।
कार्यक्रममा स्ट्रेन्थ लिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवन गिरी, स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्धना थापा, खेलाडी केदारमान स्थापितलगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार २०:२७‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर