काठमाडौंमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने

काठमाडौं, २६ माघ । काठमाडौंको बुढानीलकण्ठ–११ कपनमा स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना गरिएको छ ।
स्ट्रेन्थ लिफ्टिङ्ग प्रतियोगिताको उद्देश्य बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार गर्नु रहेको स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । उक्त प्रतियोगिताको अनुमानित लागत १५ लाख रहेको बताइएको छ । उक्त लागतमध्ये १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप वितरण गरिने बताइएको छ । साथै, काठमाडौंभन्दा बाहिरबाट सहभागी हुने खेलाडीको लागि दुई दिनका लागि खाने, बस्ने व्यवस्थासमेत गरिएको छ ।
स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले प्रतियोगिताको उद्देश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । नेपाल सरकारले खेलाडीहरुको हितका लागि केही गर्न नसकेको खण्डमा आफूहरुले खेलाडीको हक हितमा प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
यो खेल जिमसँग सम्बन्धित खेल हो । उक्त प्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागी हुने आयोजकले बताएको छ ।
कार्यक्रममा स्ट्रेन्थ लिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवन गिरी, स्ट्रेन्थ लिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्धना थापा, खेलाडी केदारमान स्थापितलगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ श्रावण २, शनिबार २०:३५तेस्रो स्थानका लागि आज फ्रान्स र इंग्ल्याण्ड भिड्दै « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २, शनिबार ०९:१४‘जदौ’ को जदौ हजुरमा नीति,प्रभात र राजश्रीको त्रिकोणात्मक सम्बन्ध
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १७:४५“खुला पत्र” पोस्टपेड सिममा लाग्ने मासिक रेन्टल शुल्क हटाउने/ घटाउने सम्बन्धमा
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १, शुक्रबार १६:४१‘पेन्सन पट्टा’ को पहिलो गीत सार्वजनिक, दयाहाङ, बुद्धि र विल्सनसँगै गौमाया









