पार्टी रुपान्तरण अभियानको समीक्षा केन्द्रीय कमिटीमा गरिने

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको केन्द्रीय कमिटीमा समिक्षा गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा उक्त अभियानका बारेमा विस्तृत समिक्षा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समिक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकमा नेतृत्व चयनका प्रक्रियाका साथै अन्य पार्टीभित्रको व्यवस्थालाई विधानमा कसरी समेट्ने भन्ने बारेमा छलफल भएको उहाले बताउनुभयो ।
बैठकमा जनवादको उत्तम अभ्यास भएको र सवै बिषयमा स्थायी कमिटी सदस्यहरुले खुलेर कुरा राखेको प्रवक्ता सापकोटाले उल्लेख गर्नुभयो । प्रवक्ता सापकोटाले विधान सम्मेलनमा १३ सय प्रतिनिधिहरुको कुरा सुनेर विधानलाई अन्तिम रुप दिने बताउनुभयो ।
बैठकमा संविधान अनुसार पार्टीको विधि संरचना लगाएतलाई त्यस अनुरुप लैजादै अघि बढ्नुपर्नेमा नेताहरुले जोड दिएका थिए । माओवादीको माघ २८ र २९ गते केन्द्रीय कमिटी र फाल्गुन १ देखि ३ गतेसम्म विधान सम्मेलन आयोजना गर्ने कार्यक्रम रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १३, बुधबार २०:५९निफले सम्मान गर्यो ‘इलेफेन्ट इन द फग लाई’
समाचार२०८३ जेष्ठ १३, बुधबार १८:३२सूचनाको हक र प्रदेश सूचना पुनरावेदन समिति
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १३, बुधबार १५:३६२९५ को मृगौला र १५ जनाको सफलतापूर्वक कलेजो प्रत्यारोपण नेपालमै गरियो
खेलकुद२०८३ जेष्ठ १३, बुधबार १२:०७प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न








