मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिनुहुँदै

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिनुहुने भएको छ । मधेश प्रदेश सभा आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको सभामुख रामचन्द्र मण्डलले बताउनु भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रीय सत्ता गठबन्धन सहमत भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभएको छ ।
माघ ९ गते जनमत पार्टीका दुई मन्त्रीले मधेश सरकार छाड्दै विश्वासको मत फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।
मधेश प्रदेश सभामा अहिले कायम रहेको १ सय ७ प्रदेशसभा सदस्यमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २३, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टीका १८, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा माओवादी केन्द्रका ९ र नेकपा एकीकृत समाजवादी पार्टीका ७, स्वतन्त्रका ३, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीका १/१ सदस्य छन् ।
मधेश प्रदेश सभामा प्रतिनिधित्व गरेको १०७ जना प्रदेश सभा सदस्यमध्ये बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्य चाहिन्छ। मुख्यमंत्री सरोज कुमार यादवले प्रदेश सभाबाट तेश्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५०कान्स फिल्म फेस्टिभलमा सहभागी भएर नेपाल फर्किइन् सुनिता डंगोल









