Home परदेश जेलमा मृत्यु भएका रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

जेलमा मृत्यु भएका रुसी विपक्षी नेता नाभाल्नीको शव परिवारलाई दिइएन

62
0

रुसको आर्कटिक जेलमा मृत्यु भएको भनिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई समेत नदिइएको नाभाल्नीका निकट सहयोगीले बताएका छन् ।

नाभाल्नीको शव पोष्टमार्टम गरिएपछि मात्रै परिवारलाई हस्तान्तरण गरिने बताइए पनि हालसम्म नदिएको नाभाल्नीकी आमाले बताएकी छन् ।

नाभाल्नीको टोलीले भ्रष्टाचार विरोधी अभियानकर्ता समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नाभाल्नीको पुटिनकै आदेशमा हत्या भएको बताएका छन् ।

नाभाल्नीको मृत्युपछि उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेको आरोपमा रुसमा ३ सय जनालाई पक्राउ गरिएको एक अधिकार समूहले जनाएको छ । पश्चिमा मुलुकका सरकारहरुले ४७ वर्षीय विपक्षी नेता नाभाल्नीको अचानकको मृत्युका लागि रुसी अधिकारीहरु नै दोषी रहेको बताएका छन् ।

सम्पन्न मुलुकहरुको समूह जी-सेभेनका विदेशमन्त्रीहरुले रुसलाई नाभाल्नीको मृत्यु प्रकरण र अवस्थाका विषयमा तत्काल स्पष्ट पार्न आग्रह गरेका छन् ।

रूसी कारागार सेवाले शुक्रबार नाभाल्नी बिरामी भएको र आर्कटिक सर्कलको दुर्गम IK-3 जेलमा मृत्यु भएको घोषणा गरेको थियो । नाभाल्नीको मृत्युका विषयमा राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै नेपाल
Next articleसाहब आलमले लिए लगातार २ विकेट, संकटमा क्यानडा-११

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here