‘केपी ओली कप’ विजेतालाई रु ११ लाख

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म हुने ‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई रु ११ लाख प्रदान गरिने भएको छ ।
राष्ट्रिय युवासङ्घ नेपालले भोलिदेखि आयोजना गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रतियोगिताका द्वितीयलाई रु पाँच लाख, उत्कृष्ट खेलाडीलाई रु एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५०÷५० हजार प्रदान गरिने जनाइएको छ ।
खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० टिमले सहभागिता जनाउने छन् । नेपालका सात टिममा जाउलाखेल युथ क्लब, न्यूरोड टिम (एनआरटी), थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउने केपी ओली कपका संयोजक सुमन पुरीले जानकारी दिए ।
उहाँका अनुसार खेलको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उक्त समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, अन्य विशिष्ट व्यक्ति, एन्फा, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, खेलाडी र कलाकार रहनुहुनेछ । उद्घाटन समारोहमा ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज र दीक्षा कार्कीको विशेष प्रस्तुति रहने पुरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उक्त प्रतियोगिताको ११ देखि १६ गतेसम्म एन्फा सातदोबाटो हुनेछ भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशाला त्रिपुरेश्वरमा हुनेछ ।
‘सवल राष्ट्र निर्माणका लागि स्वस्थ सेवा, स्वस्थ युवाका लागि खेलकुद’ भन्ने नाराका साथ हुन लागेको फुटबल प्रतियोगिताले खेलकुदको प्रवर्द्धन, खेलाडी उत्पादन, रोजगारसँगैै आर्थिक समृद्धिको आधारसँग जोड्ने अभियानले आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।
खेलकुद क्षेत्रमा ‘समस्या होइन, सम्भावना’ छ भन्ने कुरालाई उजागर गर्दै त्यसलाई नेतृत्व गर्न सक्ने सङ्गठनको रुपमा केपी ओली कप गत वर्षदेखि सुरुआत गरिएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









