नेपाल ‘ए’ को मूख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल नियुक्त

काठमाडौं,१४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको ए टिमको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।
क्यानको आज बसेको बोर्ड बैठकले पूर्वकप्तान मल्ललाई मूख्य प्रशिक्षक र प्रशिक्षकमा पूर्वखेलाडी कलाम अलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यस्तै यू(१९ महिला टिमको प्रशिक्षकमा महेशप्रसाद रिजाललाई दिनेसमेत बैठकको निर्णय छ ।
क्यानको सचिवमा निर्वाचित भएर आएपछि पूर्व कप्तान पारश खड्काको सक्रियतामा नेपालको ए टिम घोषणा गरिएको थियो ।
नेपालको इतिहासमै पहिलो पटक घोषणा भएको ए टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन् । नेपालको ए टिममा कुनैबेला राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीदेखि यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेका र यस संस्करणको प्रधानमन्त्री कप एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेकाहरुलाई समावेश गरिएको छ ।
नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









