दुग्घ किसानहरुको माग सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

धादिङ,१४ फागुन
दुग्ध उत्पादक किसानले दुग्ध संकलन र रकम निकासामा देखिएको समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्।सोमबार अखिल नेपाल किसान महासंघ धादिङ, राष्ट्रिय किसान सन्जाल र दुग्ध उत्पादक सहकारी संघ धादिङले प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलाई ज्ञापन पत्र बुझाएका हुन।दुधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पुर्ण दुध खरिद व्यवस्था मिलाउन,दुधको खरिद मुल्यमात्र निधारण गरिएकोमा बिक्रि मुल्य निर्धारण गर्नुपर्ने,भारतबाट दूध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानविन र अनुगमन गरी बन्द गर्नुपर्ने,लगायतका १८ बँुदे माग खेका छन्।

आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै विभिन्न किसान संगठनले फागनु १६ गते दुग्ध किसानका मागहरु प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरुलाई बुझाउने, फागुन १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म मुख्य राजमार्गहरुमा शान्तिपुर्ण रुपमा चक्काजाम गर्ने,२१ गते माइतीघर मण्डलामा माग पुरा नभएसम्म धर्ना तथा विरोध प्रदर्शन निरन्तर जारी राख्ने बताएका छन्। किसानले दूध र दुग्धजन्य पदार्थ उत्पादन तथा बिक्री वितरणमा भोग्नुपरेका समस्या समाधान गर्न सरकारले चासो नदिएकाले बाध्य भएर आन्दोलन गरेको बताएका छन्।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले समस्या समाधानको लागि सहजिकरण गर्ने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल








