‘साम्बा’को अर्को कीर्तिमान: बनिन् दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता

काठमाडौं,१६ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।
साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालका लागि ५० गोल गर्दै कीर्तिमान कायम गरेकी साम्बाले फेरि अर्को कीर्तिमान आफ्नो नाममा गरेकी छिन्।
वाफ च्याम्पियनसिप अन्तर्गत लेबनानविरुद्ध गोल गरेकी साम्बालेमहिलातर्फ दक्षिण एसियाकै सार्वधिक गोलकर्ताको अग्रस्थानमा आफूलाई उभ्याएकी छिन्।
गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् । सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् ।
भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल









