विराजको ‘१२ गाउँ’मा न्यान्सी खड्का बनिन् हिरोइन, को हुन उनी?

‘मिस नेपाल इन्टरनेशनल-२०२२’ न्यान्सी खड्का विराज भट्टको ‘१२ गाउँ’मा न्यान्सी खड्का नायिका बन्ने भएकी छन्।
अभिनेता विराजले यसको पुष्टि गरेका छन्।
‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो। हाम्रो सिनेमाको पात्रले खोजेको जस्तै भएकाले उहाँलाई अनुबन्धित गरेका छौं’, विराजले भने ।
विराटनगर घर भएकी न्यान्सी व्यवसायिक मोडलसमेत हुन् भने उनले आमसंञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।
उनले जापानमा भएको ‘मिस इन्टरनेश्नल’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन। यसका अलावा न्यानसीले मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय छिन्।
बिग बजेटमा तयार हुने भनिएको सिनेमा सिनेमा चैत १५ बाट छायाँकनमा जानेछ।

सन्तोष सरकारको कथा तथा पटकथा रहेको सिनेमामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् ।
सिनेमामा विराजका छोरा समीर भट्टले डेब्यू गर्ने बताइएको छ ।
विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुने ‘१२ गाउँलाई विराजले यो सिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन ४, आईतवार १७:२२रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ४, आईतवार १६:३३स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल
समाचार२०८३ आश्विन ४, आईतवार १५:१५गङ्गाजमुनाका विद्यालयमा भोली शोक बिदा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ४, आईतवार १०:१७‘टनेल २६’ असोज २३ मा नेपाल र भुटानमा प्रदर्शन हुँदै









