चन्द्रबहादुर र अञ्जलीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौँ, १६ फागुन । इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पेरिस ओलम्पिक छनोटको आधार रहेको उक्त प्रतियोगितामा पुरुष ५१ किलो तौल समूहमा चन्द्रबहादुर थापा र महिला ५४ किलोतर्फ अञ्जली तेलीले नेपालबाट प्रतिस्पर्धा गर्ने छन् । अञ्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनलमा पुगेर नेपाली बक्सिङमा इतिहास रचेकी खेलाडी हुन् ।
त्यस्तै इटाली जाने टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी तथा प्रशिक्षकमा प्रचण्ड शर्मा रहेका छन् । आगामी मार्च ३ देखि ११ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि चार सदस्यीय नेपाली टोली बिहीबार इटाली प्रस्थान गर्नेछ ।
नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेका अनुसार ओलम्पिकको बक्सिङमा नेपालले ३२ वर्षदेखि सहभागिता जनाएको छैन । सन् १९९२ मा स्पेनको बार्सिलोनामा भएको २५औँ संस्करणदेखि नेपालले ओलम्पिकको बक्सिङमा सहभागिता जनाएको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवाले, राष्ट्रिय टोली तयारीका निर्देशक दीपक विष्टलगायतले टोलीको आज बिदाइ गरे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









