बालबालिकाका लागि बोर्डको पहिलो कार्यशाला सम्पन्न

काठमाडौँ । चलचित्र विकास बोर्डले लुम्बिनी प्रदेशको शीतगंगा नगरपालिका ८ सातमारा र अर्घाखाँचीमा ५ दिने ‘मेरो कथा मेरो चलचित्र’ सिर्जनात्मक कार्यशाला सम्पन्न गरेको छ । रुकुम, रोल्पा, बाँके, बर्दिया, प्यूठान, कपिलवस्तु र अर्घाखाँचीका १६ बालबालिकाकाहरु सहभागी रहेको कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षकमा निर्देशक एवम् नाट्यकर्मी नवराज बुढाथोकी, छायाँकार तिलक गौतम र साहित्य तथा सञ्चारकर्मी छबिलाल कोपिला थिए । कार्यशालामा प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन गरेका थिए ।
बोर्डको स्थापनाकालमा बालबालिकाका लागि पहिलोपटक आयोजना गरिएको यो कार्यशाला निकै उपलब्धीमूलक रहेको कार्यशाला संयोजक रहेका बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति
समाचार२०८३ श्रावण २७, बुधबार २०:५१प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह
समाचार२०८३ श्रावण २७, बुधबार २०:३०धादिङका युवाको १५ बुँदे घोषणापत्र सार्वजनिक, युवालाई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न माग
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २७, बुधबार २०:१५साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा









