त्रिदेशीय टी–२० क्रिकेट : आज नेदरल्यान्ड्स र नामिबिया खेल्दै

काठमाडौं, फागुन २० । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुग्न आज नेदरल्यान्ड्स र नामिबिया खेल्दैछन् । खेल बिहान साढे ११ बजे कीर्तिपुर मैदानमा शुरु हुनेछ । आज नेदरल्यान्ड्सले जितेमा फाइनलमा पुग्नेछ तर नामिबियालाई फाइनलमा पुग्न आज सामान्य जितले मात्रै पुग्ने अवस्था छैन । नामिबियाले ठूलो अन्तरले जितेमा नेदरल्याण्डस् रनरेटका आधारमा बाहिरिन्छ । हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ ।
शुरुको दुई खेलमा लगातार हारेको नेपाल पछिल्ला दुई खेल जितेर फाइनलमा पुगेको हो । नेपाल ४ खेलमा ४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । समान ४ अङ्क रहेको नेदरल्यान्ड्स पहिलो र नामिबिया २ अङकसहित तेस्रो स्थानमा छ । फाइनल खेल पर्सि मंगलवार हुनेछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









