साँगाचोक देउराली लप्से बाख्रा फार्ममा आगलागी हुँदा २४० बाख्रा जलेर मरे

काठमाडौँ- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० मा आगोलागी हुँदा २४० वटा बाख्रा जलेर मरेका छन ।
स्थानीय विनोद खड्काको बाख्रा फार्ममा गएराति करिव १२ बजेतिर लागेको आगोले फार्ममा पालिएका १३ वटा बोकासहित २ सय ४० वटा बाख्रा जलेका हुन ।
जलेका सबै बाख्रा उन्नत बोयर जातको भएको फार्म सञ्चालक खड्काले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
खड्काले बनाएको आधुनिक फार्ममा लागेको आगोले २० देखि २५ मिनेटमै सबै बाख्रा खरानी भएका थिए । उनको खोर ९० मिटर लामो थियो ।
आगो लागेपछि एउटा बोकासहित १५ वटा बाख्रालाई भने खोरबाट निकालिएको थियो । ती बाख्राहरु पनि जलेर घाइते भएका छन ।
खड्काका अनुसार आगोलागिबाट करिब २ करोड रुपैँया बराबरको क्षति भएको छ ।
उनले यो फार्म ६ बर्षदेख संचालन गर्दै आएका थिए ।
आधुनिक ट्रस्ट राखेर बनाइएको यो बाख्रा फार्म सिन्धुपाल्चोककै नमूना फार्म भित्र पर्छ ।
जलेर मेरका मध्ये ६० वटा बाख्राको विमा गरेको र अरुको भने वीमा नभएको खड्काले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीय प्रशासनले घटनास्थलको सबै मुचुल्का तयार पारेर लगेको पनि उनले जानकारी दिए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल








