योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि

काठमाडौँ, २३ फागुन । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।
यही फागुन २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा करिब छ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ग्योरोगीमा पुरुष÷महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस ठकुरीले जानकारी दिए ।
उनका अनुसार पुम्सेको पुरुष÷महिलामा समान २–२ गरी चार एकल स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । दुईदिने उक्त प्रतियोगिताका खेल पेप्सीकोलास्थित आयोजकको हलमा हुनेछ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
खेलकुद२०८३ असार ७, आईतवार १०:२५स्विडेनलाई ५–१ ले हराउँदै नेदरल्यान्ड्स नकआउट नजिक
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन









