नीलकण्ठ ९ मुरलीभज्यांगमा दिउँसै बाघको आक्रमण,एक जना घाईते

धादिङ,२६ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभज्यांग स्थित काउली घुम्तीमा बाघको आक्रमणबाट एक जना घाईते भएको छन्् । पौने पाँच बजेतीर बाघको आक्रमणबाट स्थनीय ३६ बर्षिय नवराज राउत घाईते हुनुभएको किबो बोडिङका प्रिन्सिपल प्रयास रेग्मीले जानकारी दिनुभयो ।
घाईते राउतको धादिङ अस्पतालमा उपचार भईरहेको छ । उहाँको अवस्था सामान्य रहेको रेग्मीले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो ।
बाख्रालाई बाघले आक्रमण गर्न खोज्दा बाघसँग नवराज राउतको जम्काभेट भएको हो । घट्ना स्थलमा अहिले प्रहरी पुगीसकेको छ । पिच सडककै छेउमा बाघले आक्रमण गरेपछि स्थानीयहरु त्रसित बनेका छन् ।स्थानीयहरुले बाघ नै भनेपनि बाघ होकी होईन भन्ने यकिन भने हुन सकेको छैन ।
फाईल फोटो
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड








