विश्व शान्ति पदयात्रा तथा मैत्री पूजा चैत्र ६ देखि १२ गतेसम्म

ललितपुर- बोधि धर्म श्रवण संघ केन्द्रीय समितिले विश्व शान्ति पदयात्रा तथा मैत्री धर्म पूजा एवं प्रार्थना आयोजना गर्ने भएको छ ।
महा सम्बोधि धर्म संघ गुरुको आयोजनामा १९ औँ मैत्री दिवसको अवसर पारेर यही चैत्र ६ गतेदेखि १२ गतेसम्म मैत्री पूजा गर्न लागिएको संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
विश्व शान्तिको कामनाका साथ सह-जीवन र सह अस्तित्वको रक्षा गर्दै सम्पूर्ण प्राणीहरुको मोक्षका लागि यो पूजा गर्न लागिएको संघले जनाएको छ।
विश्व शान्ति महा मै मैत्री पूजा महा अनुष्ठानको पहिलो दिन यही चैत्र ६ गते विहान ८ बजदेखि रौतहटको बागमती पुल-नयाँरोड-हरिवन हुँदै सर्लाहीको पथ्थरकोट क्याज्योपासम्म विश्व शान्ति पदयात्रासमेत हुने संघले जानकारी दिएको छ।
संघले सो पूजा र पदयात्रामा सहभागी हुन सबै संघ, भक्त, अनुयायी एवं शुभेच्छुकहरुलाई हार्दिक आमन्त्रण पनि गरेको छ ।।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड








