लघुवित्त संघर्ष समिति र अर्थ मन्त्रालय बीच ६ बुँदे सहमति

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र अर्थमन्त्रालय बीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा दुई पक्ष बीच आज भएको वार्तापछि सहमति जुटेको हो ।
सहमति पत्रमा वित्तीय संस्थाहरु सेवामुखी बनाउन र समस्या समाधानका लागि राष्ट्र बैंकबाट समय अनुकुल सुधार र प्रभावकारी कार्यान्वनयनको ब्यवस्था मिलाउनुका साथै कानुनी र नीतिगत प्रावधानहरुका सम्बन्धमा राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वित्तीय संस्थाहरुलाई प्रचलित कानुनको बमोजिम कारवाहीको दायरमा ल्याउने लगायतका विषयहरु समावेश गरिएको छ ।
यस्तै लघुवित्त संस्थमा कर्जा र बचतको ब्याजदर कम गर्न अध्यायन गर्न राष्ट्र बैंकलाई आग्रह गर्ने सहमती भएको छ ।
वित्तिय साक्षरता विना ऋण प्रवाह गर्न नपाउने ब्यवस्था लागु गर्ने लगायका विषयहरु सहमतिमा उल्लेख गरिएको छ ।
यस्तो छ सहमति


लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा
समाचार२०८३ असार २४, बुधबार १९:२३३० वर्षदेखि ग्राभेलसमेत हुन सकेन पानधारे–काउले सडक,स्थानीयको प्रश्न–‘अब कहिलेसम्म प्रतीक्षा?’
खेलकुद२०८३ असार २४, बुधबार १७:३२एशियाली खेलकुद पौडी छनोट विवादः सर्वोच्चद्वारा अन्तरिम आदेश, राखेपलाई समन्वय गर्न निर्देशन
कला, विचार/मनोरञ्जन२०८३ असार २४, बुधबार १३:४५भदौ १२ मा प्रदर्शनमा आउँदै ‘पार्वती’, दीपाश्रीले सकाइन् डबिङ








