दयाहाङ र मिरुनाको चलचित्र ‘घरज्वाँइ’ को छायांकन सम्पन्न

काठमाडौँ। चलचित्र ‘घरज्वाँइ’ को सम्पूर्ण छायांकन सकिएको छ। चलचित्रको छायाँकन एक महिनामा सकिएको हो । गत फागुन ५ गतेबाट रुकुममा सुरु भएको छायांकन हिजो ४ चैत्रमा सकिएको हो । पूर्वी रुकुमको लुगुम,तक्सेरा लगायतका रमणीय स्थानमा खिचिएको चलचित्रमा दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन् । जनक घर्ती निर्माता रहेको चलचित्रको निर्देशक अनिल बुढा मगर हुन् ।
सामाजिक कथामा आधारित चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगरको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, खड्ग बहादुर पुन (खबपु), विवेश बुढामगर, सुनिल मगर लगायतको अभिनय रहनेछ।
निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाले चलचित्रको कथा लेखेका हुन्। फिरोज खड्का सहायक निर्देशन रहेको चलचित्रमा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रलाइ आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरणको जिम्मा लिएका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ८, सोमबार १२:२१एचआइभीका नयाँ रोगी पहिचान
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ८, सोमबार ०९:४३‘मिसेस भोग सीजन फोर’ को घोषणा » Celebrity Nepal
खेलकुद२०८३ भाद्र ८, सोमबार ०८:२९बार्सिलोनाको फराकिलो जित









