शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित

काठमाडौँ। कलाकार तथा मोडल शंकर सेढाई नयाँ चलचित्रमा अभिनेताको रुपमा अनुबन्धित भएका छन्। बिन्दवासिनी क्रियसनको ब्यानरमा बन्न लागेको डार्क कमेडी ड्रामामा शंकर सेढाई मुख्य भुमिकामा अनुबन्धित भएका हुन्। चलचित्रको नाम केही साता पछि मात्रै सार्वजनिक गर्ने बताईएको छ। मनोज अधिकारीले निर्माण गर्ने चलचित्रलाइ नवीन भट्टले निर्देशन गर्नेछन्।

फेसन मोडेल हुँदै कलाकारितामा होमिएका शंकर सेढाईले यो भन्दा अगाडी पनि केही चलचित्र, वेब सेरिज, म्युजिक भिडियो, बिज्ञापन, नाटक पनि गरिसकेका छन् । यो चलचित्र चाहिँ उनको मुख्य भुमिकामा अभिनय गर्न लागेको पहिलो चलचित्र हो। चलचित्रमा अन्य केही मुख्य कलाकारहरु पनि अनुबन्धित भई सकेको तथा अन्य केही कलाकारहरुको खोजी पनि भई रहेको निर्माण टिमले जानकारी दिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १७, बिहीबार २१:०८धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
समाचार२०८२ पुष १७, बिहीबार १९:३४हेल्प नेपाल र नेपाल पुलिस तथा आर्मी र रुकुम सेमिफाइनलमा
समाचार२०८२ पुष १७, बिहीबार १८:५६सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने
समाचार२०८२ पुष १७, बिहीबार ११:०७सुनसरीको लौकहीमा गोली लागेर एक जनाको मृत्यु








