इटहरीमा भैँसी प्रतियोगिता !

किसानलाइ भैँसी पालनतर्फ आकर्षित गर्न सुनसरीको इटहरीमा भैँसी प्रतियोगताको अयोजना गरिएको छ ।
पछिल्लो समय मुलुक भित्र किसानको रोजाइमा भैँसी पालन कम हुन थालेको भन्दै इटहरीमा भैँसी प्रतियोगिताको आयोजना गरिएको हो ।
दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष मनाइरहँदा सुनसरी र मोरङ्गका किसानलाई सहभागी गराएर भैँसी प्रतियोगिताको अयोजना गरिएको छ ।
सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैँचाबाट ३० जना किसानको ५० वटा भैँसीको प्रतियोगितामा सहभागिता रहेको थियो ।
पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकोले यसको महत्व वुझाउन प्रतियोगताको अयोजना गरेको दुद्य उत्पादक जिल्ला शहकारी सस्थां सुनसरीका अध्यक्ष राजन धमलाले जानकारी दिनु भएको छ ।
इटहरी उपमहानगरपालिकाका पशु चिकित्सकहरुले प्रतियोगितामा सहभागी भैँसीको स्थास्थ्य,सौन्दर्य र दुध उत्पादकत्वको अवस्था हेरेर बिजेता घोषणा गरेका थिए ।
यसरी प्रतियोगितामा पहिलो हुने इटहरी-३ का चन्द्र बहादुर वस्नेतको भैँसी प्रथम, सुन्दरहरैँचा-५ का पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो हुन सफल भएको अयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै सोही स्थानका तिर्थकुमारी लिम्बुको भैँसीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विजेता भैँसी पालकलाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ जेष्ठ १९, आईतवार ११:४२बचतकर्ताको रकम हिनामिना गर्ने राय पक्राउ
स्वास्थ्य/जानकारी टिप्स२०८२ जेष्ठ १९, आईतवार ०८:३९चिकित्सकले ‘मोबाइलको लाइट’ बालेर ‘आइसीयू’ र ‘सिसीयू’ कक्षका बिरामी जोगाए
समाचार२०८२ जेष्ठ १८, शनिबार २०:२७सहकारी नियामकीय मापदण्डको विरोधमा जिल्ला बचत संघको संयुक्त विज्ञप्ति, तत्काल संशोधनको माग
समाचार२०८२ जेष्ठ १८, शनिबार १९:४२पूर्व राष्ट्रपति भण्डारी र चीनका उपराष्ट्रपति हान चेङबीच भेटवार्ता