इटहरीमा भैँसी प्रतियोगिता !

किसानलाइ भैँसी पालनतर्फ आकर्षित गर्न सुनसरीको इटहरीमा भैँसी प्रतियोगताको अयोजना गरिएको छ ।
पछिल्लो समय मुलुक भित्र किसानको रोजाइमा भैँसी पालन कम हुन थालेको भन्दै इटहरीमा भैँसी प्रतियोगिताको आयोजना गरिएको हो ।
दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको ४२ वर्ष मनाइरहँदा सुनसरी र मोरङ्गका किसानलाई सहभागी गराएर भैँसी प्रतियोगिताको अयोजना गरिएको छ ।
सुनसरीको इटहरी र मोरङ्गको सुन्दरहरैँचाबाट ३० जना किसानको ५० वटा भैँसीको प्रतियोगितामा सहभागिता रहेको थियो ।
पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकोले यसको महत्व वुझाउन प्रतियोगताको अयोजना गरेको दुद्य उत्पादक जिल्ला शहकारी सस्थां सुनसरीका अध्यक्ष राजन धमलाले जानकारी दिनु भएको छ ।
इटहरी उपमहानगरपालिकाका पशु चिकित्सकहरुले प्रतियोगितामा सहभागी भैँसीको स्थास्थ्य,सौन्दर्य र दुध उत्पादकत्वको अवस्था हेरेर बिजेता घोषणा गरेका थिए ।
यसरी प्रतियोगितामा पहिलो हुने इटहरी-३ का चन्द्र बहादुर वस्नेतको भैँसी प्रथम, सुन्दरहरैँचा-५ का पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो हुन सफल भएको अयोजक संस्थाले जानकारी दिएको छ ।
त्यस्तै सोही स्थानका तिर्थकुमारी लिम्बुको भैँसीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विजेता भैँसी पालकलाई नगद पुरस्कारले पुरस्कृत गरिएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







