सातौँ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ सेप्टेम्बर २८ मा न्यूयोर्कमा हुने

काठमाडौं । ‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ। चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बताए ।
एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डले सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।
अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलता पुर्बक सम्पन्न भएका थिए। अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताउनु भयो। ‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो। अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्ट बताउछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २८, बिहीबार २१:१४प्रदीप खड्का र सनिशाको जोडी लिएर ‘शुभ विवाह’ घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २८, बिहीबार १४:५९वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त
समाचार२०८३ श्रावण २८, बिहीबार १४:२६खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह
समाचार२०८३ श्रावण २८, बिहीबार ०९:१२कृषि तथा पशुपन्छी भवन निर्माणका लागि ज्वालामूखीलाई दुई करोड ७५ लाख अनुदान









