प्रदिप शाहीको चलचित्रमा प्रदिप संगै विजय लामा पनि

काठमाडौँ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्का,बेनिषा हमाल संगै विजय लामा पनि फाइनल भएका छन्। साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रमा बिजय लामाको पनि मुख्य र बिसेष भूमिका रहने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्।
गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीको चलचित्रको टाइटल भने सार्वजनिक गरिएको छैन। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। चलचित्रको अन्य कलाकार र प्राविधिक पनि फाइनल हुने क्रममा रहेको निर्देशक शाहीले जानकारी दिए। प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र ‘अन्तीम संस्कार’ मा पनि विजय लामा मुख्य भूमिकामा रहेका थिए। लामा संगको यो दोश्रो पटक सहकार्यले अझै राम्रो प्रतिफल पाउनेमा टिम आशावादी रहेको छ। छिट्टै चलचित्रको सम्पूर्ण टिम र अन्य जानकारी दिने कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २१, आईतवार ११:११‘हनुमान अंश’को दोस्रो भाग बन्ने, पहिलो फिल्मले कमायो १०० करोड
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २१, आईतवार १०:१२बाँकेमा १६ जनाको डीएनए नमुना संकलन « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र २१, आईतवार ०७:५२नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
समाचार२०८३ भाद्र २१, आईतवार ०६:३९बाढीपीडितको उद्धार तथा राहतका लागि नेपाल गजल प्रतिष्ठानद्वारा एक लाख १५ हजार रुपैयाँ सहयोग









