‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृस्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं । ‘११ औं म्यूजिक खबर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन सार्वजनिक गरिएको छ । म्यूजिक खबर म्यूजिक अवार्ड ११ औं संस्करण विभिन्न ३९ विधामा आयोजना गरिन लागिएको हो । विगत ११ वर्षदेखि निरन्तर हुँदै आइरहेको छ। राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिकहरुलाई समावेश गरेर अवार्ड आयोजना गर्दै आएको छ ।
म्यूजिक खबरको प्रस्तुतिमा रहेको यस अवार्डको आयोजना शुभकामना मिडिया सोलुसनले गरेको हो । गीतसंगीतको क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापित भएको म्यूजिक खबर फाउन्डेसनको सहकार्यमा भएको यस अवार्डको अन्तिम कार्यक्रम आगामी बैशाखको अन्तिममा आयोजना गरिनेछ । अवार्डमा दीर्घ साधना सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, बाल प्रतिभा सम्मान र कला पत्रकारिता सम्मानसमेत प्रदान गरिँदै आइएको छ ।
उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा र सिर्जनाको मनोनयन निम्नानुसार रहेको छ ।
सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. प्रकृतिलाई –डा.आश बहादुर तामाङ
२. राष्ट्रिय एकताको प्रतीक –बाबुराम श्रेष्ठ
३. सगरमाथा जस्तै –पुरुषोत्तम सानु
४. एक मुठी सास –उमेश लम्साल
५. देश छोड्नेको लर्को –डा.नवि अधिकारी
सर्वोत्कृष्ट पप÷लोकपप गीतकार
१. मोहित मर्दन थापा –विहानी पख चरीले
२. लेखु सहयात्री –मायाको सुगन्ध
३. विपिन आचार्य –पाइजनवाला ठुम्का
४. पुरुषोत्तम सानु –ढुङ्गा कुँदेर
५. श्याम महर्जन –आकाशमा
सर्वोत्कृष्ट पप÷लोकपप संगीतकार
१. सौगात जंग थापा –माया बराबरी
२. रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी
३. वीपी वाग्ले –मेरो माया तिमीलाई
४. लेखु सहयात्री –माया र मोह
५. विपिन आचार्य –पाइजन वाला ठुम्का
सर्वोत्कृष्ट पप÷लोकपप गायक
१. चेतन राई –तिमी धून बन
२. रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी
३. भद्र वली –मेरो माया तिमीलाई
४. नविन के भट्टराई –आगो सल्किन्छ
५. सौगात जंग थापा –माया बराबरी
सर्वोत्कृष्ट पप÷लोकपप गायिका
१. माण्डवी त्रिपाठी –पाइजनवाला ठुम्का
२. एन्जिला रेग्मी –चस्मा लगाउली
३. चाँदनी शाक्य –आकाशमा
४. अस्मिता अधिकारी –माया बराबरी
५. सारिका घिमिरे –कलियुगको राधा
सर्वोत्कृष्ट लोकगीत
१. फरक हामीमा –रेजिना परियार
२. एक्लै भयो पिपलु –विरही कार्की
३. नहेरन त्यसरी कान्छा –अन्जु श्रेष्ठ
४. जन्मघर –राजु ढुंगेल
५. भिज्यो सिरानी –कल्पना काफ्ले
सर्वोत्कृष्ट कल्चरल गीत
१. रोधीघरमा जोर मादल (सालैजो) –सागर गुरुङ÷मीना बुढाथोकी
२. माइली (कौरा) –मौसम गुरुङ÷पूर्णकला बिसी
३. थर दिन्छौ र (पन्चेबाजा) –रेशम निर्दोष÷सुमन थापा मगर
४. कान्छि (पञ्चेबाजा) –विजय केसी÷निशा केसी
५. भेना हजुर (कौरा) –देवी आले÷हेमन्त आले
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
१. विक्रान्त पोखरेल –बनमा टाँकी छ
२. रेनुका भट्टराई –म त ठिटी गाउँले
३. सचिन भट्टराई –बनमा स्याउला छ
४. पिमसरा आले –फूल रसैले
५. सपना सुनाम –सुन साइँली
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार २०:१८जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १८:०२प्रेम, बाध्यता र धोकाको कथा भन्दै आयो ‘माया भनेकै यस्तो होला’को टिजर
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २९, शुक्रबार १५:०९पल शाहको निर्माणमा ‘यानीमाया’को छायांकन सुरु » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २९, शुक्रबार १२:०७सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो









