आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टी बनाउन देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
मंगलादेबी सिंह फाउण्डेशनद्धारा राजधानीमा आज आयोजित कार्यक्रममा बोल्नुहुँदै सभापति देउवाले त्यसका लागि महिला नेतृहरुले पनि प्रभावकारी भूमिका निभाउन आग्रह गर्नुभयो ।
सभापति देउवाले महिलाहरुको हक अधिकार संविधानमा नै स्थापित गराउने काममा मंगलादेवी सिंहले खेलेको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै समावेशी, समानुपातिक र महिला हक, अधिकारको दृृष्टिले नेपालको संविधान उत्कृष्ट दस्तावेजको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पार्टीका सहमहामन्त्री डिना उपाध्याय, महिला संघका अध्यक्ष उषा राउत र फाउण्डेशनका अध्यक्ष सिर्जना सिंह लगाएतले मंगलादेवी सिंह नेपाली राजनीतिको एक मात्र नारीवादी नेता रहेको चित्रण गर्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २५, बिहीबार १२:५७स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेट, भयाे यस्ताे विषयमा छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा









