आयरल्याण्ड ए लाई तेस्रो टी-२० सिरिजमा नेपाल ए ले २१४ रनको लक्ष्य पेश गरेको छ ।

टस हारेर ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन जोड्यो ।

नेपालका लागि आरिफ शेखले अविजित ९३ रनको योगदान गरे । रासिद खानले २४ रन बनाए ।

कमलसिंह ऐरीले पनि टोलीको खातामा अविजित १९ रन थपे । बसिर अहमदले १९ रन बटुले । पवन सर्राफले १३ रन जोडे । कप्तान विनोद भण्डारी ११ रन बनाउँदै आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *