सुनको मूल्यमा नयाँ रेकर्ड : ताेलाकाे एक लाख ३१ हजार दुई सय

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।
यस्तै, तेजावी सुन तोलमा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार तीन सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक हजार पाँच सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ६५ले बढेर रु एक हजार छ सय १० बराबरको मूल्य निर्धारण भएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २५, बिहीबार १२:५७स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेट, भयाे यस्ताे विषयमा छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा









