कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्री बन्ने

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बन्ने पक्का भएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तीन दिनदेखि लगातार चलेको वार्तापछि अन्नतः कर्णाली प्रदेश मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन सहमत भएपछि कँडेल अबको मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
एमाले र माओवीच लामो छलफलपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएको नेकपा माओवादी (केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी भईरहेको उहाँको भनाइ छ । केन्द्रमा कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएपनि मुख्यमन्त्रीसहितका केही नेताहरुले एमालेलाई नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेपछि केही समयका लागि अन्यौलता कायम भएको थियो ।
अध्यक्ष केसीका अनुसार कर्णालीमा पहिलो चरणमा एमालेले नेतृत्व लिने र दोस्रो चरणमा माओवादीबाटै मुख्यमन्त्री बन्ने दुई दलबीच सहमति भएपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन तयार हुनु भएको हो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ १०, आईतवार १६:५९घुम्न गएका दुई जनाको शव बागमती नदी किनारमा भेटियो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार १२:३८बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ १०, आईतवार ०७:५५कान्समा नेपाली फिल्मको उपलब्धि, ‘एलिफेन्ट्स इन द फग’लाई जुरी अवार्ड
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल









