लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठनको तयारी, बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिंदै

लुम्बिनीमा नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएपछि नयाँ प्रदेश मन्त्रिपरिषदको गठन प्रक्रिया थालिएको हो ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागी आह्वान गर्ने र त्यो समय भित्र दलहरुले बहुमत पुर्याएर दावी पेश गर्नेछन् । लुम्बिनीमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठनको प्रक्रिया सुरु भएको हो ।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्राब्धान अनुसार माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्त गर्न बहुमत सदस्य ४४ जनाले हस्ताक्षर गरेको पत्र प्रदेश प्रमुख समक्ष बुझाइने माओवादीका प्रमुख सचेतक इन्द्रजीत थारुले बताउनु भयो । विहान १० बजे प्रदेश प्रमुख समक्ष पुग्ने दलहरुको योजना छ ।
सरकार बनाउन सहयोग गर्नेलाई मन्त्री
लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन समर्थन गर्ने साना राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई समेत सरकारमा सहभागी गराउने तयारी छ । नयाँ राजनीतिक समिकरणको आधारमा सरकार बनाउन समर्थन गर्ने जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरुको विचमा लिखित सहमती भएको खुलेको छ । जनता समाजवादीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय सहित शहरी विकास तथा पर्यटन मन्त्रालयको नेतृत्व दिने सम्मको सहमती भएको छ ।
लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्याउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्री सहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी गरेको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २५, बिहीबार १२:५७स्वास्थ्यमन्त्री र नर्वेका राजदूतबिच भेट, भयाे यस्ताे विषयमा छलफल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २४, बुधबार २३:०८औषधि आपूर्तिमा अनियमितता गर्ने सिभिल अस्पतालका आठ कर्मचारीविरुद्ध मुद्दा









