सिरहामा जग्गा दर्ता रोक्काको माग गर्दै स्थानीय आन्दोलित

सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ३ स्थित कुरवा हनुमाननगरमा रहेको एक सय पाँच विघा ऐलानी जग्गामा पुस्तौदेखि जोतभोग गरी करिव चार सय गरिव विपन्न परिवार बसोबास गर्दै आएको जग्गा हाल आएर व्यक्तिले माग दावी गरेपछि जग्गा दाखा दर्ता रोक्काको माग गर्दै स्थानीयहरु आन्दोलित भएका छन् ।
जोताहाको जोत भोग कायम, सरकारी जग्गाको संरक्षण गर, जग्गा दाखा दर्ता रोक्का गर लगायत माग गर्दै जुलुशसहितको टोली लहान मालपोत कार्यालयमा गएर वडाको सिफारिशसहित तीन सय छैसठ्ठी घर परिवारले जग्गाको माग दावीसहितको निवेदन दर्ता गराएका हुन् ।
धनगढीमाई नगरपालिकाका वडा नं. ३ का वडा अध्यक्ष विरेन्द्र साहले पुस्तौदेखि उक्त ठाउँमा बसोबास मात्र छैन सो ठाउँमा ऐतिहासिक तथा पर्यटकीय क्षेत्रसहित विद्यालय समेत हुँदाहुँदै निवर्तमान वडा अध्यक्ष देव कुमार साहले उक्त जग्गा खाली पर्ति रहेको व्यहोरासहितको वडा सिफारिश दिनु भू-माफियासँग प्रभावित भएर दिएको आरोप लगाउनुभयो ।
साविकको हनुमाननगर प्र.ध.मौजे कि.नं. २४२, २४३, १२५ लगायत कित्ता नं.रहेको जग्गामा तीन देखि पाँच पुस्तासम्म बसोबास गर्दै आएको स्थानीयले आपसी समझदारीमा पाँच कठ्ठादेखि एक विघासम्म भाग बण्डा गरी खानजोत गरी जिविकोपार्जन गर्दै आएको वताउँछन् ।

मालपोत कार्यालय लहान सिरहाका प्रमुख दिपेन्द्र प्रसाद चौधरीका अनुसार वडाको सिफारिशलाई आधार मानेर मालपोत कार्यालयले ३५ दिने माग दावीको सूचना प्रकाशित गरेको भन्दै माग दावी सहितको निवेदन स्थानीय स्तरबाट आएकाले निवेदन दर्ता गरी सम्बन्धित निकायको निर्देशन बमोजिम प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।
मालपोत कार्यालय लहानले फाल्गुन ३० गते सूचना प्रकाशित गर्दै उक्त जग्गा सिरहा नगरपालिका वडा नं. ६ माडर बस्ने राम दयाल साहसमेत दुई जनाको हकदावी सूचना प्रकाशित भएपछि स्थानीयहरु सशंकित भएका हुन् । स्मरण रहोस् उक्त जग्गामा पौराणिक, धार्मिक तथा पर्यटकीय क्षेत्र राजदेवी मन्दिर, चार वटा गाउँ, दुई वटा सामुदायिक विद्यालय समेत रहेको छ ।
उक्त जग्गामा बसेको बस्तिसँगै सबैको सरोकारको संरचना नभत्काई बाँकी रहेको जग्गालाई सरकारी स्वामित्वमा हुनुपर्ने स्थानीयहरुले माग रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ९, शनिबार १२:५५डा. गोविन्द केसीलाई लगियो प्रादेशिक अस्पताल
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:२९‘बेहुली’को प्रमोसनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ८, शुक्रबार १९:०९‘बा : एक योद्धा’को टिजर सार्वजनिक, बुवाको त्याग र परिवारको पीडाको कथा
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ८, शुक्रबार १७:३२राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण









