मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताउनुभएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताउनुभयो । उहाँले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताउनुभयो ।
उहाँले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उहाँले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताउनुभयो ।
संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उहाँले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताउनुभयो ।
“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उहाँले भन्नुभयो, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक-पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”
उहाँले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताउनुभयो । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताउनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ ३, शुक्रबार १२:५६नेपालगन्जमा गुञ्जियो ‘कुमारी’: केहरको गायकी र अभिषेक–आकृतिको नृत्यमा झुमे दर्शक
समाचार२०८२ माघ ३, शुक्रबार ०९:५८झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
समाचार२०८२ माघ ३, शुक्रबार ०६:४२निर्वाचन प्रहरी भर्ना फाराम भर्ने म्याद थप,माघ ३ गतेसम्म कायम
कला, विचार/मनोरञ्जन२०८२ माघ २, बिहीबार २१:०९माघे संक्रान्तीमा ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदैछु नौ डाँडा काटेर’ सार्वजनिक








