‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति

काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो।
गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ। शब्द पनि गीतमा कुशलकै रहेको छ। गीतमा संगीत भने केपासको रहेको छ। गीतमा पैसाको बयान गरिएको छ। बलिउडमा प्रोमोसनका लागी यस्तो शैलीका भिडियोहरु बनाउने र फिल्मको प्रोमोसन गर्ने प्रचलन छ त्यस्तै गरेर चलचित्र ‘खजुरे ब्रो’ को प्रोमोसनका लागी यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए। चलचित्र ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्ड भन्दा फरक स्वादको रमाइलो फिल्म बनेको र त्यसको प्रचार छुट्टै शैलीले गरौँ भन्ने योजनाका साथ यो भिडियो निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ।
यता भिडियोमा भने फिल्मकी नायिका नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ। उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन्। रेअर राई, विनिता थापा मगर, महेस त्रिपाठी लगायतका कलाकारहरु पनि भिडियोमा रहेका छन्।
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनील श्रेष्ठ,अनिल मानन्धर र पिकेश मानन्धर यसका सहनिर्माता हुन्।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाँकन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन्। सिनेमामा अनमोल गुरुङको संगीत रहेको छ। सिनेमालाई रोहित तथा रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।
फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत,,प्रेम सुब्बा,सुजाता राई,दिप चन्द्र राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) हुन्।
नितिको यो डेव्यू फिल्म हो। पहिलो फिल्म भएकोले पनि नीति निकै उत्साहित छिन्। धरानका चर्चित व्यक्ति खजुरे ब्रोको नाम र उही क्यारेक्टरमा कमेडी जनरामा फिल्म बनेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २६, मंगलवार १७:१६ग्यास अभावप्रति सांसद आशिका तामाङको कवितामार्फत व्यङ्ग्य
समाचार२०८३ श्रावण २६, मंगलवार १६:५०सुनसरी र सिरहामा प्रदर्शनको क्रममा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १४:५७‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीत सार्वजनिक
सूचना-प्रविधि२०८३ श्रावण २६, मंगलवार १४:४०नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य









