जलस्रोतको सदुपयोगमा जुटौँ ः कृषिमन्त्री श्रेष्ठ

१८ असोज, शुक्रबार ।
गण्डकी प्रदेशकी कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।
नवलपुरको कावासोती स्थित कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २४औँ वार्षिक साधारण सभामा बोल्दै उनले उपलब्ध जलस्रोतलाई पुर्ण रुपमा उपयोग गर्न सके देश विकासमा टेवापुग्ने बताएकी हुन् ।
शुक्रबार संस्थामा आयोजित कार्यक्रममा उनले भनिन्‘, नेपाल जलस्रोतको धनी देश, यसको उपयोगिता बृहत छ । यसलाई पूर्ण रुपमा उपयोग गर्न सके सुखी नेपाली समृद्ध देश निर्माणकोे साझा संकल्पलाई थप अघि बढाउन टेवा पुग्ने छ ।
कावासोती क्षेत्रका जनताले विगतमा भोग्नु परेको खानेपानीको समस्या स्मरण गर्दै मन्त्री श्रेष्ठले संस्थाकै अग्रसरताको परिणाम स्वरुप अहिले सहज स्थितीआएको बताइन् । कावासोती खानेपानी संस्थाले स्थापना कालदेखि नै आफुलाई अब्बल सावित गर्दै आइरहेको उल्लेख गर्दै उनले यसलाई समय नुसार उपभोक्ताको हकहितमा लाग्न सुझाइन् ।
‘कावासोती क्षेत्रको विगत स्मरण गर्दा खानेपानीको हाहाकार थियो । घण्टौँ लगाएर कुवाधाएर पानी लिएर आउनु पथ्र्यो । अहिले त्यो अवस्था छैन । घरघरमा धारा जोडिएका छन् । यो संस्थाकै अब्बल कार्यको परिणाम हो ।’ उनले भनिन्,‘उपलब्ध स्रोत साधन एवं प्रविधिलाई थप सुदृढ बनाउदै उपभोक्ताको सर्वोपरी हितलाई केन्द्रबिन्दुमा राख्दै अघिबढ्न शुभकामना ब्यक्त गर्दछु ।’
जलनै जिवनभन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै यसको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । ‘जल केवल पिउनका लागि मात्रै होइन, यसको अपरिहार्यता कृषि, उर्जा लगायतका क्षेत्रमा पनि छन् ।जल नै जिवन भएकाले यसको सदुपयोगमा लाग्नुपर्छ ।’
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा
समाचार२०८३ बैशाख २१, सोमबार १५:४२फेवा मापदण्डमा विज्ञको आपत्ति: ६५ मिटरको रेखालाई ‘वैज्ञानिक आधारविहीन’ को संज्ञा









