शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान,
पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा
ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय
कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर
खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह।।।बाबा’,
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण
गर्नुुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर
पौडेलले कृतिका सर्जक बरालले मिहिनेतका साथ महत्वपूर्ण कृति बजारमा
ल्याउनुुभएको बताउनुुभयो । सभ्य समाज निर्माणमा यस्ता कृतिको महत्वपूर्ण
भूमिका हुने उहाँले बताउनुुभयो ।
पुस्तकबारे समिक्षा गर्दै प्रा.डा.रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू
अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र
सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताउनुुभयो ।
नारीहरूको पतिब्रता चरित्र तथा त्यसबाट प्राप्त गरेको शक्तिलाई कृतिमा प्रस्तुत
गरिएको बताउँदै उहाँले रामायण र महाभारतका पात्रहरूलाई पुस्तकमा प्रस्तुत
गरिएको जानकारी दिनुुभयो ।
बर्तमानमा उत्तरआधुुनिकता तर्फ बढीरहेको हाम्रो समाजलाई पुस्तकले
पूर्वीय आदर्शमा डो¥याउने काम गरेको उहाँले बताउनुुभयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान
भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताउनुुभयो । साहित्य, कला
संगीतको क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उहाँले जोड दिनुुभयो ।
स्रष्टा समाज पुम्दीभुुम्दीका कावा. अध्यक्ष नवराज बरालको अध्यक्षता एवम्
सचिव ध्रुुबराज बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा
नं २२ का वडा अध्यक्ष हिमलाल बराल, शुक्रराज माध्यमिक विद्यालयका
प्रधानाध्यापक नरनाथ बराल, पत्रकार रविन्द्र माकाजुु, कृतिका स्रष्टा शोभाकर बराल,
सदस्य राजन बराल, निशान बराल लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा
कस्केली अधिकृत समाजका सदस्य बसन्त चालिसेले चिन्ता शीर्षकको कविता वाचन
गनुुभएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र
समाचार२०८३ जेष्ठ ७, बिहीबार २०:३८पोखरामा ७० वर्षमाथिका जेष्ठ नागरिकका लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै
समाचार२०८३ जेष्ठ ५, मंगलवार ०६:३४किशाेरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न
समाचार२०८३ जेष्ठ १, शुक्रबार १२:०८फेवाताल ६५ मिटर मापदण्ड : जलारी समुदाय संकटमा









