Breaking News
चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गर्नुभएको छ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो– ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरुलाई आव्हान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले ठूला-ठूला विषयवस्तु भन्दा गाँउसमाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताउनुभयो । उहाँले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पु¥याउने बताउनुभयो ।

उहाँले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ तपाईहरुको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो । आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पु¥याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’

उहाँले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास बोर्डलगायतका निकायहरुले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भन्नुभयो–‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरुलाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’ साे क्रममा राष्ट्रपति पाैडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजार सहित प्रमाणपत्र प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएकाे थियाे ।

तस्बिरहरु :

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं. ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताउनुभयो ।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिनुभयो ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

उद्योग वाणिज्य महासङ्घमा लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गर्नु भएको छ ।
अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनु भएको हो ।
महासंघले सोमवार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नु पर्ने चुनौती नजिक आइरहेको बताउनु भयो । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।
अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गर्नुभयो ।
लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्धेश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना समेत गरेको छ ।
सो केन्द्रको आजै अध्यक्ष ढकाल सहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गर्नु भयो ।
सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।

लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ i नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीले शनिबार पोखराको व्यस्त सहर बिरौटा चोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। देशभर रगतको अभाव भइरहेको अवस्थामा उक्त क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा २१६ युनिट रगत जम्मा भएको जानकारी संस्थाका सक्रिय सदस्य प्रेमराज अधिकारीले गराउनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ३२५ i का डिस्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, विशेष अतिथि, अतिथि लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष ईश्वर बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन क्लबका सल्लाहकार कमल क्षेत्री ज्यूले गर्नुभएको थियो ।

क्लबका प्रथम उपाध्यक्ष प्रसन्न पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव अर्जुनप्रसाद पौडेल तथा संस्थाका सक्रिय सदस्य एवं पेज सञ्चालक प्रेमराज अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौँ साधरणसभा सम्पन्न 

पोखरा । बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्थाको बाह्रौँ साधारणसभा शनिवार  एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष जयराम आचार्यको अध्यक्षता तथा संस्थाका संस्थापक अध्यक्ष अमृतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य तथा शिक्षा उप-समिति संयोजक मेघराज शर्माले स्वागत मन्तब्य तथा सचिव महेन्द्र ढकालले कार्यक्रम संचालन गर्नुभएको थियो। 

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि श्रेष्ठले अहिले बजारमा सहकारीप्रति जुन रुपमा हल्ला फैलिएको छ तेस्तो हाल्लालाई चिर्नको लागि पनि बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारी संस्था स्वस्छ रुपमा अगाडी बढ्न सकोस भन्दै शुभकामना थियो। संचालक समिति अध्यक्ष जयराम आचार्यले संस्थाको सम्पूर्ण गतिविधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन  बागलुङ समाज पोखरा बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

संस्थाका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार बिष्णुकुमार श्रेष्ठले सम्पूर्ण शेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराउनुभएको थियो । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार डा.भानुभक्त शर्मा कंडेल, बागलुङ समाज पोखराका अध्यक्ष तथा संस्थाका सल्लाहकार ठाकुर प्रसाद सापकोटा लगायतले आ-आफ्नो शुभकामना मन्तब्य समेत राख्नुभएको थियो । कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो ।

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।

संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले जानकारी दिए ।

‘जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, माननीयज्यू, मेयर ज्यूसहित जनप्रतिनिधिहरू तथा स्थानीयहरूको उल्लेख उपस्थितिमा केबलकार निर्माणको शिलान्यास गरेका छौं । अब काम द्रुत गतिमा हुन्छ,’ निर्माण कम्पनीका सञ्चालक केदेमले भने ।

पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको, र ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशीढुङ्गा बन्ने बताउँदै केवलकार निर्माणकार्य द्रुत स्तरमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने मेयर मादेनले बताए ।

यस अघि केबलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबार केबलकार निर्माणको औपचारिक शिलान्यास भएको केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

पौडेलले अबको १५ महिना भित्र केबलकार चड्न पाइने जानकारी दिए ।

उनका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केबलकार लाभदायक बन्नेछ ।

जल्पादेवी महिला उद्धार समुहको अध्यक्षमा दुर्गा अधिकारी

पोखरा I जल्पादेवी महिला उद्धार समुह पोखरा ८ को अध्यक्षमा दुर्गा अधिकारी चयन हुनुभएको छ । समूहको बिहाबार भएको ९ औँ अधिवेशन तथा २६ औँ बार्षिक साधरणसभाले अधिकारीको नेतृत्वमा १५ सदस्यि नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित अधिकारीले सस्थाप्रति सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले जल्पादेवी महिला समुहले समाजमा गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । कार्यक्रममा सृजना विकास केन्द्रका अध्यक्ष बिष्णुप्रसाद बराल, सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा बराल, समुहका निर्वतमान अध्यक्ष कान्ति अधिकारी, पुर्व अध्यक्ष तथा सल्लाहकार पोखरा ८ का महिला सदस्य पवित्रा के.सी, समूहका संस्थापक अध्यक्ष सारदा सुवेदी, जल्पादेवी बहुउद्धेश्यीय विकास समितिका उपाध्क्षय शान्ति सिक्देल, रेडियो सराङकोटका प्रमुख कृष्ण थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा समूहका कोषाध्क्षय सुनिता बरालले आर्थिक प्रतिवेदन, सचिव अमृता गिरीले वार्षिक कार्य प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो । समूहका अध्यक्ष राधिका थापाको अध्क्षयतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष दुर्गा अधिकारीले र कार्यक्रमको सञ्चालन समूहका सचिव अमृता गिरीले गर्नुभएको थियो ।