लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ i नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा कोरिया रिटर्नीले शनिबार पोखराको व्यस्त सहर बिरौटा चोकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। देशभर रगतको अभाव भइरहेको अवस्थामा उक्त क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । उक्त रक्तदान कार्यक्रममा २१६ युनिट रगत जम्मा भएको जानकारी संस्थाका सक्रिय सदस्य प्रेमराज अधिकारीले गराउनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि ३२५ i का डिस्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना, विशेष अतिथि, अतिथि लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। क्लबका अध्यक्ष ईश्वर बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन क्लबका सल्लाहकार कमल क्षेत्री ज्यूले गर्नुभएको थियो ।

क्लबका प्रथम उपाध्यक्ष प्रसन्न पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाका सचिव अर्जुनप्रसाद पौडेल तथा संस्थाका सक्रिय सदस्य एवं पेज सञ्चालक प्रेमराज अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार २२:२४‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ लाई प्रदर्शन लक्ष्य
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण ११, सोमबार २१:५१डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ११, सोमबार १७:१२‘महाराजधिराज’को भिडियो लिक गर्ने स्पटब्वायसँग ५१ लाख क्षतिपूर्ति माग
समाचार२०८३ श्रावण ११, सोमबार ११:४२नीलकण्ठ पार्कमा रोपिएका १२५ आशा








