चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु

मनिष पौडेल, पोखरा । पोखरा महानगरपालिका वडा नं. २३ मा चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा पनि सुरु गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक विशेष समारोहमा भवन उद्घाटन र दन्त सेवाको शुभारम्भ गर्दै महानगरले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो।

चापाकोट स्वास्थ्य चौकीमा दन्त सेवा जिभाय नेपालसँगको सहकार्यमा सुरु गरिएको हो। जिभाय नेपालले दन्त सेवाका लागि रु. ३ लाख ५१ हजार बराबरका सामग्रीहरू प्रदान गरेको छ, जसअन्तर्गत हरेक सोमबार स्वास्थ्य चौकीमा दन्त सेवा उपलब्ध हुनेछ। साथै, जिभाय नेपालले सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको नियमित दन्त स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गर्नेछ भने समुदायमा प्रत्येक ६ महिनामा स्क्रिनिङ तथा दन्त सेवा उपलब्ध गराउने योजना छ।

महानगरपालिकाले आफ्ना मातहतका ५१ वटा स्वास्थ्य संस्थाहरूमा प्रयोगशालासहितका सेवा प्रदान गर्ने तयारी गरिरहेको बताउँदै नगर प्रमुख आचार्यले स्थानीय स्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइले वडा नं. २३ तथा छिमेकी वडाका बासिन्दालाई स्वास्थ्य चौकी भवनले सहज स्वास्थ्य सेवा प्राप्त गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो।
चापाकोट स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी मानवीर सुनारले जग्गा दान गर्नुभएको थियो। उहाँलाई नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत चौलागाइ, र वडा अध्यक्ष रामकाजी गुरुङ लगायतका पदाधिकारीहरूले सम्मान गर्नुभयो।
३ करोड ८० लाख लागतमा निर्माण गरिएको यो भवनमा नियमित स्वास्थ्य सेवा, सुत्केरी सेवा, खोप सेवा, र दन्त सेवाहरू उपलब्ध छन्। यस भवनले वडा नं. २३ का साथै आसपासका वडाका बासिन्दालाई आधुनिक स्वास्थ्य सेवा नजिकबाट प्रदान गर्ने लक्ष्य लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २८, बिहीबार १४:५९वीर अस्पतालको निर्देशकमा डा. नेपाल नियुक्त
समाचार२०८३ श्रावण २८, बिहीबार १४:२६खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह
समाचार२०८३ श्रावण २८, बिहीबार ०९:१२कृषि तथा पशुपन्छी भवन निर्माणका लागि ज्वालामूखीलाई दुई करोड ७५ लाख अनुदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण २७, बुधबार २१:००अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति








