पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल

पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल

रजनी तामाङ्ग, पोखरा,४ कात्तिक । हिमलुङ् हिमाल पछिल्लो समय नेपाली तथा विदेशी पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य बनेको छ । सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने यस क्षेत्र नेपालको पदयात्राको आकर्षक गन्तव्य बनेको छ । यस हिमाल समुन्द्र सतहबाट (७१२६) मिटरको उचाईमा रहेको छ ।

हिमलुङ् हिमालको आरोह गर्नका निमित्त रक्ष बहादुर योन्जन तामाङ् यूके बेलायतबाट नेपाल फर्किनुभएको छ । कास्की जिल्लाको माछापूच्छ्रे गाउंपालिका वडा नं. ९ सिदिङ गाउंमा जन्मिनुभएका रक्ष योन्जन हाल बेलायतलाई कर्मथलो बनाउंदै आउंनुभएको छ । पिता गणेश योन्जन तामाङ र माता इसमाया स्याङ्बो तामाङ्को कोखबाट जन्मिनुभएका छैटौं शन्तान हो । उहां १९ वर्ष ब्रिटिस आर्मिमा कार्यरत रहि हाल विभिन्न सघंसस्थामा आवद्द भई विशेषगरी समाजसेवामा लागि पर्नुभएको छ । त्यस्तै बुद्द धर्म प्रति पनि त्यत्तिनै आस्थावान हुनुहुन्छ ।

योन्जनले हिमलुङ् हिमाल आरोह गर्नको निमित्त सात महिना तालिम प्राप्त गर्नुभएको छ । उहाँले बेलायतको अग्लो डाँडा २ हजार देखि ३ हजार मिटर उचाई सम्म रहेको उक्त डाँडा २४ घण्टामा १५ वटा डाँडाहरुको पदयात्रा गरिसक्नुभएको बताउनुभयो । उहाँले पदयात्रासगै १३ किलो सम्मको भारी बोकेर २५० माईल पार गरिसक्नुभएको छ । उहाँसँगै ४० जनाको समूह २५ एच एस टि को माध्यमबाट हिमलुङ हिमाल आरोहीमा सहभागिता रहेको बताउनुभयो । उक्त ४० जनाको समूह कात्तिक ४ गते काठ्माण्डौबाट लम्जुङ्,मनाङ र मुस्ताङ हुँदै हिमलुङ हिमाल तर्फको यात्रा सुरुवात हुनेछ । उहाँका अनुसार सो यात्रा २१ दिनको रहनेछ ।

पछिल्लो समय विभिन्न हिमश्रृङ्खलाहरुको अवलोकन गर्नका निमित्त आर्थिक सङ्कलन गरेरै भएता पनि हिमाल आरोह भने गरिरहेकै छन् तर योन्जन भने व्यक्तिगत आर्थिकमा नै हिमाल आरोह गर्ने बताउनुभयो । सोही हिमाल आरोह पश्चात मर्दिहिमाल पदयात्रा गरिने योजना रहेको बताउनुभयो । आगामी दिनमा यो भन्दा अग्ला-अग्ला हिमालहरुको आरोह गर्नका निमित्त अहिले भने हिमलुङ हिमालबाट सुरुवात गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   7   =