नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालयको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धादिङ,२९ बैशाख
नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालय पशुपतिडाँडा केन्द्रको केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेरुडे मिर्मिरे लधुवित्त संस्था शाखा कार्यालय पशुपति डाँडा केन्द्रका केन्द्र प्रमुख कल्पना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगर उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका बालकोट क्लस्टर प्रमुख मनोज कुमार ओलीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी दिपक विश्कर्माले बचत र ऋणलाई सन्तुलन राख्न सकेमात्र असल ऋणी हुने बताउनुभयो । उत्पादन मुलक काममा ऋण लिए आम्दानी दिने भन्दै उहाँले जुन प्रयोजनको लागि ऋण लिएको हो त्यसैमा खर्च गर्न समेत आग्रह गर्नुभयो । आर्थिक समृद्धिले महिलाहरूलाई अझ सबल सक्षम बनाउन मद्दत गरेको भन्दै उहाँले ऋृणको दुुरुपयोग नगरी उद्धमी व्यवसायी बन्नको लागि सुझाव दिनुभयो । कार्यक्रममा कार्यालय प्रमुख ईन्द्र साउदले संस्थाको बार्षिक गतिविधि र हिसाब किताब सहितको संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्था लि. को केन्द्र प्रमुख गोष्ठि तथा बित्तिय साक्षरता कार्यक्रममा स्वागत मन्तव्य राख्दै विभिन्न केन्द्रका प्रमुख उपप्रमुखहरुविच परिचय र समन्वय बढाउँदै बित्तीय साक्षरता प्रदान गर्न कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट केन्द्रप्रमुख प्रथम पुरस्कार केन्द्र नं ३५ सुनखानिको प्रमुख कल्पना सेंडाईले जित्नु भएको छ । यसैगरी उत्कृष्ट केन्द्रप्रमुख द्धितीय पुरस्कार केन्द्र नं १९ सिउँडीबारको प्रमुख पुर्णमाया मगर,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋृणी धितो कर्जामा केन्द्र नं २३ झगरेको चन्द्रकला गुरुङ,उत्कृष्ट ऋणी पुरस्कार बिना धितोतर्फ केन्द्र नं ३५ सुनखानिको ईन्द्र कुमारी तिमल्सिना र अनुशासित उत्कृष्ट केन्द्र तर्फबाट केन्द्र नं ८४का केन्द्रप्रमुख मेनुका आले मगरले प्राप्त गर्नुभएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २८, आईतवार १९:०९धादिङबेसीमा सामुदायिक वनको संक्षिप्त कार्ययोजना सम्बन्धी छलफल
समाचार२०८३ असार २८, आईतवार १२:२९पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीद्वारा नमुना पत्रकार सम्मेलन, व्यावहारिक सीप विकासमा जोड
खेलकुद२०८३ असार २८, आईतवार ११:०२आज किन कालो पट्टी बाँधेर मैदान उत्रिए अर्जेन्टिनी खेलाडी?
खेलकुद२०८३ असार २८, आईतवार १०:२९विश्वकपको सेमिफाइनल समीकरण पूरा, अव चार महाशक्ति भिड्ने








