गजुरीका गृहिणी महिलाहरुलाई मौरीपालन तालिम

धादिङ, जेठ ०१ गते ।
धादिङको गजुरी गाउँपालिकामा १५ दिने मौरी पालन तालिम सम्पन्न भएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत वडा नं. ३ मा संचालन भएको तालिम सम्पन्न भएको हो ।
तालिम बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा र गजुरी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको हो ।
कृषकहरूलाई मौरी पालनसम्बन्धी व्यवहारिक र प्राविधिक ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउने, कृषि उत्पादन वृद्धि गर्ने र अतिरिक्त आम्दानीको नयाँ स्रोत सिर्जना गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।
१५ दिनसम्म संचालन भएको तालिममा मौरी पालन विषयमा विशेषज्ञ नारायण घिमिरेले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमले गृहिणी महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश सरकारसँग समन्वय गरेर यस्ता तालिमहरू अझ प्रभावकारी र व्यावहारिक बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।






लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ श्रावण ३, आईतवार १४:२७फेसबुकमा देखियाे समस्या
खेलकुद२०८३ श्रावण ३, आईतवार १२:१२मेसी र यामालको क्रेजमा फिफाको अर्बौँको व्यापार
समाचार२०८३ श्रावण ३, आईतवार ०८:२५मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
कला, विचार/मनोरञ्जन२०८३ श्रावण ३, आईतवार ०७:५२साउने संक्रान्तिको अवसरमा ‘तीन तीघ्रे क्या बिग्रे’को सम्पूर्ण टिम सार्वजनिक








